बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्द हुन सक्ने

17.3k Shares

काठमाडौं । बालमन्दिरका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रभावमा पारी वृहस्पति विद्या सदनले ५२ वर्षसम्म गरेको पूरक सम्झौता रद्द हुने देखिएको छ। सो सम्झौता रद्द हुनासाथ वृहस्पतिले जग्गा लिजमा लिनेसम्बन्धी नयाँ प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ।

नयाँ प्रक्रिया थालिए वृहस्पतिले ती जग्गाहरू पुनः लिजमा नपाउन पनि सक्छ । जसका कारण वृहस्पतिले त्यहाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिन हुने र सयौं विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्न सक्ने बताइएको छ।

बालमन्दिरका तत्कालीन पदाधिकारीहरूले विभिन्न प्रभावमा परी विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति विद्या सदनलाई बालमन्दिरको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा ५२ वर्षसम्म लिजमा दिने गरी सम्झौता गरेका थिए।

२०७२ सालमा पूरक सम्झौताका नाममा ५२ वर्षसम्म जग्गा लिजमा दिँदा बालमन्दिर र वृहस्पति विद्या सदनका अधिकारीहरूबीच ठूलो अनियमितता र आर्थिक लेनदेन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सम्झौता रद्द गर्ने गरी छानबिन र कारबाही अघि बढाएको स्रोतले जानकारी दिएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार