ट्वान्टी–२० त्रिदेशीय शृंखला : हङकङविरुद्ध खेल्दै नेपाल

15.4k Shares

काठमाडौँ - ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो । यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाल हाल प्रतियोगिता तयारीका लागि ट्वान्टी–२० क्रिकेट शृंखलामा व्यस्त छ ।

नेपालले यसअघि घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो ।

सम्बन्धित समाचार