15.4k
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । ढकालले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए ।