सुमेरु अस्पतालमा अत्याधुनिक उपकरणद्वारा पीसीआर परिक्षण सुरु, डिस्काउन्ट कार्ड होल्डरलाई २० प्रतिशत छुट

16.5k Shares

ललितपुर । स्वास्थ्य क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएको सुमेरु अस्पतालले अत्याधुनिक उपकरणद्वारा पीसीआर परिक्षणको सुरुवात गरेको छ ।

सुमेरु अस्पतालले पछिल्लो समय महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गरेर स्वास्थ्य सहजता कायम गर्न सकियोस भन्ने हेतुले नेपालकै अत्याधुनिक उपकरणद्वारा पीसीआर परिक्षण सुरु गरेको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले जानकारी गराउनुभएको छ ।


अस्पतालको डिस्काउन्ट कार्ड होल्डरले पीसीआर परिक्षण गर्दा २० प्रतिशत छुट पाउने र कोरोना भाइरसको शंका लागेका विरामीका लागि घरघरमै गई पीसीआर पसिरक्षणको सेवासमेत उपलब्ध गराउने अध्यक्ष महर्जनले उद्घाटनको क्रममा बताउनुभएको छ ।

जेठ १९ गते बुधबार उद्घाटन गरिएको अत्याधुनिक उपकरणद्वारा परिक्षण गरिने पीसीआर ल्यावको उद्घाटन सुमेरु गु्रपका अध्यक्ष भरत महर्जनले गर्नुभएको थियो भने सो उद्घाटन कार्यक्रममा डा. ऋषि काफ्ले, डा. डी.बी कार्की, होमराज दाहाल, दिलिप डंगोल, दिनेश आचार्य, विनोद आचार्यलगायतको उपस्थिति थियो ।

 

सम्बन्धित समाचार