नेपालकी साम्बा बनिन् सर्वाधिक गोलकर्ता

16k Shares

काठमाडौं- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन्।

व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी छिन्। सेमिफाइनलसम्म पहिलो रोजाइमा खेलेकी सम्बाले सिरिया विरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराक विरुद्ध ५–० को जितमा सबै गोल उनले नै गरेकी थिइन्। सोही खेलमा उनले नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेकी थिइन्।

नेपालका लागि सर्वाधिक गोल गर्ने पुरुष खेलाडीलाई साम्बाले निकै पछाडि छाडेकी छिन्। पुरुषका लागि हरि खड्का, निराजन रायमाझी र अन्जन विष्टको नाममा समान १३ गोल छ। वाफमा प्यालेस्टाइनविरुद्ध ४–० को जितमा साम्बाले २ गोल गरेकी थिइन्।

सेमिफाइनलमा १–० पछि परेर अन्तमा लेबनान २–१ ले हराएको खेलमा साम्बाले बराबरी गोल गरेकी थिइन्। सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा मायशा जब्रहा (५ गोल) छिन्। साम्बाको अनुपस्थितिमा सर्वाधिक गोलकर्ताको ट्रफी टोलीकी व्यवस्थापक विन्द्रा देवानले ग्रहण गरेकी थिइन्।

सम्बन्धित समाचार