काठमाडौं । काठमाडौं उपत्यकामा श्रीमान्द्वारा श्रीमती पीडित भएको सुन्दा अचम्म लाग्न सक्छ । तर यो घटना फागुन ९ गते हेमा गुरुङले आफ्नै श्रीमान् कञ्चनपुरका भरत बोगटीविरुद्ध काठमाडौं परिसर टेकुमा आफ्नो जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी निवेदन दिएकी छिन् ।
काठमाडौं कुलेश्वरकी पीडित महिला गुरुङलाई विभिन्न बहाना बनाउँदै साँघातिक आक्रमण गरी ज्यानै लिने उद्देश्यले धारिलो हतियारसमेत प्रयोग गरे पछि वाध्य भएर आफूले आफ्नो जिउ ज्यान र छोरोको भविष्यको लागि पनि राक्षसी स्वभावका श्रीमान् भरत बोगटीविरुद्ध निवेदन दिएको बताएकी छिन् ।

श्रीमान् बोगटीले हेमालाई बच्चा जन्माउनुभन्दा अगाडि विभिन्न प्रलोभन दिई देखावटी मायाजालमा पारी आफू फिल्म लाइनमा भएको विभिन्न कलाकारसँग खिचिएको तस्बिर देखाउँदै फिल्म स्टिडियो खोल्ने, फिल्म बनाउने भन्दै माइतीपक्षले दिएका नगद र गरगहना गरी झण्डै पचासौं लाख रुपैयाँ लिई अझ पैसा चाहियो भन्दै पछिल्लो समय उल्टै श्रीमतीलाई बार्गेनिङ गर्दै सांघातिक आक्रमणसमेत गर्ने गरेको छिमेकीहरुले बताउने गरेका छन् । अझ भरतले श्रीमती गर्भवती भएको पाँच महिना पुगेपछि बच्चा फाल्न भनी दिनदिनै दबाब दिई कुटपिटसमेत गर्ने गरेको र श्रीमतीले बच्चालाई जन्माएपछि पनि त्यस्तै व्यवहार गरी कहिले खुकुरी घाँटीमा राख्ने, कहिले मुखभित्रै खुकुरी छिराई दाँतसमेत क्षतविक्षत बनाउनेजस्ता दानवीयरुप देखाई साँघातिक आक्रमण गर्न भने नछाडेको श्रीमती गुरुङले बताइन् । हाम्रो कार्यालयमा आई आफ्नो दुखेसो पोख्ने क्रममा उनका शरीरमा देखिएको निलडाम र आगोले पोलिएको डामसमेत देख्न सकिन्थ्यो ।
पछिल्लो समय भरत बोगटी आफ्नो श्रीमती गुरुङसँग छुटिई बेग्लै लण्डनवासी महिला नाम परिवर्तन (अबिलासा लिम्बु)लाई फेसबुकबाट साथी बनाई ती महिलालाई प्रभावमा पारी मायाजाल बुनी विवाहसम्म गर्ने अवस्थामा पु¥याई आर्थिक लाभ लिने गरेको श्रीमती गुरुङले बताइन् ।

बच्चा अहिले दुई वर्ष वितिसकेको अवस्थामा छ । बच्चा थापाथलीस्थित पशुपतिगृह अस्पतालमा जन्मँदा पनि भरतले कुनै चासो नदेखाएपछि माइती पक्षले सबै खर्च व्यहोर्नुपरेको थियो । पीडक भरतले आमा छोरा मरे पनि मर भन्दै सम्पर्कमा नरहेको र हालै सम्पर्कमा आई छोरालाई माया गरे जस्तो देखाई श्रीमती गुरुङसँग पैसा बार्गेनिङ गर्दै साँघातिक आक्रमण गरेपछि वाध्य भएर आफ्नो जिउज्यान रक्षाका लागि न्यायको खोजीमा रहेको गुरुङले बताइन् । पीडित गुरुङका अनुसार विवाह दर्ता, छोराको जन्म दर्ता कसरी गर्छेस् भन्दै उल्टै बार्गेनिङ गरी मेसेज र भेटेरै पनि धम्की दिन थालेपछि आफूले आफन्त र साथीभाईका सल्लाह अनुसार कानुनी उपचारका लागि पनि प्रहरीमा उजुरी दिएको बताइन् ।
पीडित हेमा गुरुङका श्रीमान भरतलाई यस विषयमा ९८०१२८६०५० मा फोन गरी बुझ्न खोज्दा उनले दादागिरी शैलीमा अब जे हुन्छ अदालतमा हुन्छ भन्दै जे लेख्न मन लाग्छ त्यही लेख्नुस् मात्र भने ।