विवादित एसपी ज्ञवालीको निर्देशनमा तस्करी गराउन इन्स्पेक्टर यादवलाई छुट, घुमुवा यादवको रजगज

19.9k Shares

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रमुख एसपी दयानिधि ज्ञवाली आएपछि सर्लाहीका नाकाहरु तस्करीको अखडा बनेको छ ।
केही दिन अगाडि मात्र सरुवा भई एसपी ज्ञवाली जिल्ला प्रहरी कार्यालय सर्लाहीमा गएका छन् । एसपी ज्ञवाली तत्कालीन इन्स्पेक्टर हुसोहखुट्टेको प्रमुख सम्हालेको बेला हप्ते असुलीमा डुङडुङ्ती गन्हाएका र ललितपुर प्रहरी परिसर जावलाखेलमा डीएसपी हुँदा अपराधिक गतिविधिमा संलग्नहरुसँग साँठगाँठ, उठबस गरेको पाइएपछि कारबाहीमा समेत परेका ज्ञवालीले सर्लाहीमा हाजिर हुनासाथ घुमुवा परिचालन गरी तस्करीको लाइन दिने गरेको सर्लाहीका इमान्दार प्रहरी अधिकारीले बताउने गरेका छन्  ।
जो जिल्लाका प्रमुख आए पनि लाइन मिलाएर साँढे बन्दै आएका र चलखेलमा माहिर घुमुवाहरुले सर्लाहीका नाकाहरुमा खुलेयाम तस्करीको अखडा बनाएको पाइएको छ । विगतमा एसपी प्रबिन धितालले सर्लाही जिल्लाको कमाण्ड सम्हाले पछि तस्करहरु दुला पसेका थिए । तर, नयाँ एसपी ज्ञवाली सा’प आएपछि दुलाभित्र पसेका तस्करहरु अहिले खुल्लाम खुल्ला रुपमा घुमुवासँग सेटिङ्ग मिलाउँदै तस्करी धन्दा चलाउन थालेका छन् ।
जिल्लाको त्रिभुवननगर नाकासहित विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भइरहेको छ । तस्करी रोक्न हालै मधेश प्रदेशको सुरक्षा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कडा निर्देशन जारी गरे पनि मधेश प्रदेशका कुनै पनि नाकामा तस्करी रोकिएको छैन । 
सर्लाहीमा तस्करीको लाइन प्रहरी हवल्दार बब्लु सिंह र प्रहरी सहायक हवल्दार राम अयोधी यादवले दिने गरेका छन् । यी घुमुवाहरु सर्लाही प्रहरीका पुरानै घुमुवा नाइके हुन् । यिनीहरु चार बर्षदेखि घुमुवा रुपमा परिचालित बन्दै आइरहेका छन् । यी घुमुवाहरुको बारेमा विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपनि यिनीहरुलाई सम्बन्धित निकायले छानबिन नगरी उल्टै मनोबल बढाउने काम गर्दै आइरहेको छ । वर्षौदेखि सर्लाही मै अड्डा जमाएर बसेका यी घुमुवा प्रहरीले व्यापारीलाई तस्करी गराउन लाइन दिएवापत अवस्था र पदलाई हेरेर २ देखि ४ लाखसम्म लिने गरेको व्यापारीहरूले बताएको समाचार स्रोतले दाबी गरेको छ । 
सर्लाही जिल्लामा प्रहरीकै संरक्षणमा तस्करहरूको खुल्लमखुल्ला रुपमा तस्करी धन्दा चलाइरहेको यस्ता गतिविधिबाट असन्तुष्ट रहेका प्रहरी अधिकारीहरुले बताउने गरेका छन् । 
सर्लाही जिल्लाको पर्सा, त्रिभुवननगर, मलङ्गवा, भाँडसर खुटौना, फेन्हारा, बहादुरपुर, मधुवन गाउँ, संग्रामपुर, नारायणपुर र बलरा नाकाबाट तस्करहरुले प्रहरीसँगै सहकार्य गर्दै राजश्व छली गर्दै दैनिक यताको सामान उता, उताको सामान यता व्यापक राजश्व छली गर्दै आइरहेको समाचार स्रोतले दाबी गरेको छ । 
बलरा नाकाबाट विजय यादवले प्रहरीद्धय यादवलाई मासिक दुई लाख, संग्रामपुर नाकाबाट उमेशसहितका तीन दाजुभाइले मासिक दुई लाख, राजदेवी मन्दिर हुँदै मंलगवा, गम्हरियाको तस्करी लाइनमा विजय यादव, ईन्दल यादवले मासिक एक लाख ५० हजार, त्यसै नाकाबाट रामविश्वास यादव, प्रकाश यादवले एक लाख ५० हजार, गोरखकाली नाकाबाट ईलेक्ट्रोनिकको मालसमान ल्याउने जयकिशोर यादव मासिक ८० हजार, पर्साबाट कपडा तस्करी गर्ने विजय पुकार मासिक ८० हजार, नेपालबाट भारत चाईनिज मालसामान पु¥याउने तस्कर भाई लोकबाट मासिक ८० हजार, मनोज यादव (बलरा नाका) बाट ८० हजार मासिक रुपमा घुमुवा प्रहरी यादवद्धयले असुली गर्दै आएको समाचार बिभिन्न संचार माध्यममा समाचार प्रकाशित भइसकेका छन् । तर, यसरी विभिन्न संचार माध्यममा पटक—पटक समाचार प्रकाशित हुँदा पनि सम्बन्धित निकायले यिनीहरुलाई ज्वाइँको सम्मान दिँदै तस्करीसँग लाइन मिलाई असुली गर्दा पनि किन छानविनको दायरामा नल्याई उल्टै तस्करसँग मिलेर तस्करी गरिरहँदा देखेर पनि नदेखेको गरिरहेको छ । कि सम्बन्धित निकायसम्म यसबारे जानकारी नभएर हो कि ? भन्ने सर्लाहीका इमान्दार प्रहरीहरुले बताउने गरेका छन् ।
भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरूमा छड, कपडा, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा किराना लगायतका सामग्रीहरू रहेका छन् । तस्करहरूले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरू चोरी निकासी गर्दै आएका छन् । तस्करहरूले दिनहुँ खुलेआम भारतीय सामग्रीहरू अवैध रुपमा नेपाल भित्र्याउने र यताबाट भारततर्फ निकासी गर्ने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजश्व चुहावट भई राजश्व गुम्ने गरेको छ । 
त्रिभुवननगर नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा माधव यादव कपडा, हुसेनी कपडा,  ईन्दल यादव कपडा, विजय चौधरी कपडा,  मरिच, केराउ,  विजय साह कपडा, सुखा, वीरेन्द्र साह हार्डवेयर, सुबोध हार्डवेयर, भगत जि कपडा, रिता साह सबै थोक, सरिता चौधरी सबै थोक, राजा किराना प्रगास यादव र हिरिया जिरिया किराना, वीरेन्द्र साह कवाड, राकेस साह कवाड, अशोक गुप्ता कवाड, उमेश पटेल पैठारी, विजय साह किराना, पिकअपमा  सन्तोष साह उर्फ सन्तोष डिलर किराना पिकअपमा छन् । बलरा नाकाबाट चन्दन सिंह ब्यापारी लाइन पाएका छन् ।
यस बाहेक सखुवहाबाट समेत तस्करी भइरहेको छ । ती तस्करीको सामानहरू लालबन्दीसम्म पुग्ने गर्दछ । दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा, सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भइरहेको बताइएको छ । 
त्रिभुवननगर नाकाबाट उमेश राउत केराउ र छोकडाको तस्करी गरिरहेका छन् । मनिष चौधरी, प्रकाश यादव, राजेश कुशवाह समेतले तस्करीको लाइन पाएका छन् । प्रहरीलाई नै बदनाम गर्ने गरी यी घुमुवा प्रहरी रकम असुलीमा लाग्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजश्व चुहावट भइरहेको छ ।  
एसपी ज्ञवालीले तस्कर र तस्करीको जालो पत्ता लगाउन घुमुवा परिचालन गरेको भए पनि ती घुमुवाहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक ओमप्रसाद यादवको सेटिङमा तस्करसँग मिलेर असुली धन्दा मच्चाइरहेका छन् । घुमुवाले सेटिङ मिलेका अवैध सामानहरू आफैले स्कर्टिङ गरेर भित्र्याउने तथा सीमा पार गराउने गरेको स्रोत बताउँछ ।
रक्सी भट्टीबाट समेत घुमुवा प्रहरीको असुली 
सर्लाहीको भारसरमा रक्सी भट्टीबाट पनि  घुमुवा प्रहरी यादवले मोटो रकम असुली गर्दै आएको छ । घरेलु रक्सी भट्टीबाट मदिरा उत्पादन गर्दै आएका रामबाबु पासवान, मनोज पासवान, वीरेन्द्र पासवान, सतो पासवान, राकेश पासवान, रजन राय, शिवजी सहनी, रोहित कलवार, श्रीकान्त कलवारले सगोलमै मासिक ६० हजार प्रहरीले लिने गरेको उनीहरू बताउँछन् । 
कौडेनाका रामबाबु चौधरी, लुटन मुखिया, रितेश मुखिया, राजु चौधरी, वीरेन्द्र चौधरी, शिव शंकर चौधरीबाट पनि घरेलु मदिरा भठ्ठी संचालनबापत घुमुवा प्रहरीले मासिक रुपमा पैसा लिने गरेका छन् । घुमुवा प्रहरीले घरेलु मदिरा भट्टी संचालकबाट पैसा लिने गरेको स्थानीयहरू बताउँछन् ।

सम्बन्धित समाचार