श्रीमती भेट्न जाँदा ससुरालीपक्षबाट निर्घात कुटिए देवराज

21.6k Shares

भक्तपुर । साविक भक्तपुर दधिकोट वडा नं.४ हाल सुर्यविनायक न.पा.वडा नं.४ स्थायी घर भएका देबराज खड्का आफ्नै श्रीमतीसँग भेट गर्न जाँदा ससुराली पक्षबाट निर्घात रुपमा कुटीएका छन्  । आफ्नै श्रीमती मञ्जु बस्नेतका भाई (साला) नन्दुराम बस्नेतका छोरा मन्दिप बस्नेतबाट श्रीमतीलाई भक्तपुर सिपाडोल स्थित आफ्नै घरमामा भेटन् जाँदा निर्घात रुपमा कुटीएका हुन् । कुटाई कारण उनको अनुहारमा नराम्ररी चोट लागेको देबराज खड्का स्वयम र उनका जेठा दाजु हरिबहादुर खड्काले खोजतलासलाई जानकारी गराए । 
गत माघ ११ गते अपरान्ह २ बजेतिर श्रीमतीसँग जिल्ला अदालतमा दिएको पारापाचुकेको आवदेनलाई मेलमिलापमा परिवर्तन गर्न आफन्तसँग गएर छलफल गरी मेलमिलाप गर्ने हेतु ससुराली पुगेका उनलाई घरमा रहेका सासु देबकी बस्नेत साला नन्दुराम बस्नेत र सालाको श्रीमती मन्दिरा बस्नेतले कुरै नसुनी देबराजको कठालो समाती लछारपछार गरेको र त्यतिकैमा सालाको छोरा मन्दिप बस्नेतले सांघेतिक हमला गरी कुटपिट समेत गरेको बुझिएको छ ।  
पिडीत देबराजले ससुरालीको नाममा रहेको भक्तपुर, सिपाडोलको चार आना जग्गा बकसपत्र गरेर श्रीमती मञ्जु बस्नेतको नाममा ल्याएपछि सो जग्गामा देवराजले आर्जेको सम्पूर्ण सम्पत्ति पैंतिस लाखभन्दा बढी रकम सो जग्गामा घर निर्माण गरेपश्चात् ससुरलाीतर्फबाट सो घर छोडेर जान बारम्बार दबाब आएको खड्काले बताए । 
ससुरालीतर्फबाट बारम्बार दबाब आएपछि घरकोन घाटको अवस्थामा पुगेका उनी र उनको श्रीमती मञ्जुलाई पनि खड्काविरुद्ध उक्साई पारापाचुके गर्न लगाई सम्पूर्ण सम्पत्ति हडप्ने खेलमा ससुरालीपक्ष लागेको उनको र आफन्तको आरोप छ ।
उमेरले झण्डै साठी नाघ्न लागेका खड्काको एकमात्र छोरा सबिन खड्का जो नेपाली सेनाको सेनानीमा कार्यरत थिए उनको पनि मृत्यु भइसकेको छ । वि.सं.२०७२ सालको विनाशकारी भूकम्पमा रसुवाको लाङटाङको राष्ट्रिय निकुञ्जमा उनीलगायत अरु ९ जना सो भूकम्पमा बेपत्ता भएका थिए जसको पार्थिब शरीर अहिलेसम्म पनि भेटिएको छैन ।
श्रीमती मञ्जुसँग ससुरालीले बकसपत्रमा दिएकोे जग्गामा घर बनाई जिविकोपार्जन गर्दै आइरहेका उनलाई अहिले ससुरालीपक्षले बलजफ्ती त्यहाँबाट उठीबास गर्न खोजेको र श्रीमतीसँगपनि अलग गराई घरकोन घाटको तुल्याएको उनले खोजतलासमार्फत गुनासो पोखे ।
युरिक एसिड, प्रेसर, सुगर, मानसिक रोगी उनी अहिले आफन्तको सहयोगबाट श्रीमतीसँगपहिल्यकै सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् तर उनको यो खुशीमा उनकै ससुरालीपक्ष हालीमुहाली हुँदा उनको पिडा झन् थपिएको छ ।

गाडी दुर्घनामा परेर झण्डै डेढ बर्ष बैशाखी टेकेर हिँडेका देवराजका अहिले मानसिक अवस्थापनि दिनप्रतिदिन बिग्रँदै गएको अवस्था छ ।

 

सम्बन्धित समाचार