महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्छ : देवकोटा

18k Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए ।

 सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए ।उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए । सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए । 

सम्बन्धित समाचार