नेता शशांक कोइरालाले भने - 'नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य'

16.2k Shares

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन्। बिहीबार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताए। उनले धर्म निरपेक्ष बनाउन नै गलत भएको जिकिर गरे। उनले ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुनेसमेत बताए। 

उनले भने, ‘धर्मसम्बन्धी एउटा कुरा हो। धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो। धर्म स्वतन्त्र हुन्छ। तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं, यो गलत हो। 

सम्बन्धित समाचार