वीरगन्जको कर्फ्यु बिहान १० बजेसम्मका लागि हटाइयो

16.2k Shares

काठमाडौं- सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको छ।

रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै वीरगन्जका केही भागमा कर्फ्यु लगाएको थियो।  

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन्। १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार