12.6k
Shares
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल चाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार १४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको हो ।