नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, १३३ रनमै अलआउट

17.1k Shares

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमै अलआउट भएको हो । 

नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पहिलो बलबाटै धर्मराएको नेपाली पारी नामिबियाका बलरसामु फिक्का साबित भए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । ८६ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले २१, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यस्तै करण केसीले १६ रन बनाए । 

यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका लागि गेर्हार्ड इरास्मसले चार विकेट लिए । यस्तै, रुबेन ट्रम्पेल्मेन र ज्याक ब्रासेललले दुईरदुई विकेट लिए । 

सम्बन्धित समाचार