पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण देशभर बदली

17.7k Shares

काठमाडौँ । पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ । आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ । जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम  वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।

सुदूरपश्चिम का पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती  प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ । केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको उप्रेतीले बताए । बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको रहेको उनको भनाइ छ । 

सम्बन्धित समाचार