काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई व्यवस्थित गर्न विज्ञले सुझाएका छन् । समितिको ३० औँ वार्षिकोत्सव कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कालीमाटी बजारलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई व्यवस्थित गर्न विज्ञले सुझाएका छन् । समितिको ३० औँ वार्षिकोत्सव कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कालीमाटी बजारलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । यस्तै किसानको कृषि उपजलाई सहजरूपमा बजारसम्म ढुवानीमा सहयोग गर्न समेत उनले सुझाए ।
समितिका अध्यक्ष तथा मन्त्रालयका सह सचिव मदन भुजेलले हाल बजारले दिएको सुविधालाई थप व्यवस्थित गर्न चुनौती भएको बताए । आगामी दिनमा यश विषयमा छलफल गरिने उनले उल्लेख गरे । समितिले ३० औँ वार्षिकोत्सवका ३ जना कर्मचारी, २ जना व्यवसायी र २ जना किसानलाई नगदसहित पुरस्कृत गरेको छ ।