सेनाका सहायक रथीको कोभिड संक्रमणका कारण मृत्यु

18k Shares

काठमाडौँ । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारका क्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए । उनलाई अति समस्या भएपछि चारदिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो । सहायक रथीमा करिब एकवर्षअघि बढुवा भएका केसी काठमाडौंका रैथाने हुन् । न्यूरोडका स्थायी बासिन्दा केसीको श्रीमती र दुई छोरी छन् ।

सम्बन्धित समाचार