शिवम् सिमेन्टको खर्चमा वृद्धि तथा अन्य स्रोतबाट हुने आम्दानीमा भारी गिरावट

16.1k Shares

काठमाडाैँ । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । खर्चमा वृद्धि तथा अन्य स्रोतबाट हुने आम्दानीमा भारी गिरावट आउँदा कम्पनीको नाफा व्यापक घटेको छ ।

खुद नाफारघाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा १४ करोड ८५ लाख ९७ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ४५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा ६७.६६ प्रतिशतले घटेको हो ।

आम्दानी - यस अवधिसम्म कम्पनीको मुख्य व्यापारबाट आम्दानी तीन अर्ब ५१ करोड ९९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले तीन अर्ब ३४ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

सम्बन्धित समाचार