सवारी दुर्घटनामा दुई जनाको मृत्यु

16.3k Shares

काठमाडौँ । झापा र मोरङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ देवान चोकमा को १० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका १ भाङबारी बस्ने ६४ वर्षीय राम कुमार राईको शुक्रबार साँझ मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ । 

यता मोरङको पथरीशनिश्चरे नगरपालिका१ स्थित सडकमा ना ४ ख ७०७४ नम्बरको ट्रकले प्र१ ०२ ०५३प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका१० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार