18.4k
Shares
त्रिशुली (नुवाकोट)- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको दाबी गरेका छन्।
नुवाकोटको विदुरमा शुक्रबारदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको दाबी गरेका हुन्।
१३ महिनाअघि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा कमजोर भए पनि अहिले अर्थतन्त्रमा निकै सुधार भएकाले यही क्रम रहेमा विस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने प्रधानमन्त्री दाहालको विश्वास छ।