नार्कमा कृषिमन्त्री भुषालको गैरकानुनी अभ्यास, कानुनी शासनको उडाए धज्जी

17.5k Shares

काठमाडौं । कृषि मन्त्रालय सम्हालेका मन्त्री डा. बेदुराम भुषालले सर्वोच्च अदालतको आदेश पश्चात पनि कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशक पदमा ३१औं वरीयताका डा. ध्रुवराज भट्टराईलाई पुनः कायममुकायम नियुक्त गरेर कानुनी शासनको धज्जी उडाएको पीडितले बताएका छन् ।

मन्त्री भुषालले जेठ ३१ गते भट्टराईलाई कायम मुकायम दिएका थिए, जसको विरोधमा मूवै एस–६ पदमा कार्यरत सबैभन्दा वरिष्ठ कर्मचारी डा. दोजराज खनालले सर्वोच्चमा रिट निवेदन दिएका थिए । तर, त्यसबेला सर्वोच्चले मन्त्रीको निर्णयलाई रोक्का (स्टे अर्डर) दिएन । भट्टराईले अधिकतम ६ महिना कायममुकायम खान पाउने अवधि पूरा गरे । 

पुस ६ गते सर्वोच्चले सो मुद्दामा मन्त्रीले गरेको निर्णय कानुनसम्मत मान्न नमिल्ने निर्णय दियो, साथै भट्टराईको सेवा अवधि पूरा भएकोले रिट निवेदनको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था देखिएन भन्ने आदेश दियो ।

सम्बन्धित समाचार