२४ घन्टामा थपिए ६ हजार ७१४ संक्रमित

20.9k Shares

काठमाडौं, १२ जेठ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार ८ हजार ३ सय ८७ जना संक्रमित थएिएका थिए । हिजो १६९ जनाको निधन भएको थियो ।

मन्त्रालयको अनुसार १९ हजार ३० जनाको पीसीआर परिक्षणबाट ६ हजार ६७७ र एन्टिजेन विधिबाट ३७ जनामा संक्रमण पुष्टि भएको छ भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार