प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा डिजिटल हाजिर गर्ने तयारी

18.8k Shares

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा डिजिटल हाजिर गर्ने तयारी गरिएको छ । यसका निम्ति संघीय संसद् सचिवालयले प्रस्ताव अघि बढाएको छ ।

संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदै छ । भोलि बस्ने पहिलो बैठकबाटै डिजिटल हाजिर गर्ने प्रस्ताव संसद् सचिवालयको छ ।

राष्ट्रियसभामा भने यसअघि नै डिजिटल हाजिर भइरहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभामा डिजिटल हाजिर के गर्ने भन्ने विषयमा सोमबारै निर्णय हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सम्बन्धित समाचार