राष्ट्रले गर्नुपर्ने काम मिनकृष्णले गरे ः कोइराला

21.6k Shares

काठमाडौँ । माघ १८ गतेदेखि आज शनिबार २० गतेसम्म ललितपुरको सातदोबाटोमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन भएको छ । 
सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रले गर्नुपर्ने काम सो प्रतियोगिताका परिकल्पनाकार मीनकृष्ण महर्जनले गरेको बताएका छन् । प्रमुख अतिथि कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको र खासै यतातर्फ जिम्मेवार निकाय कसैले पनि ध्यान नदिइरहेको बेला बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनले आफ्नो बलबुतामा खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भनी प्रशसा गर्नुभएको छ । मन्तव्यकै क्रममा कोइरालाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताउनुभएको थियो । कोइरालाले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने समेत बताउनुभएको थियो । उहाँले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको पनि बताउनुभएको थियो ।  उहाँले खेलकुदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने र खेलकुदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रमको समापनको सभापतित्व नेपाल कराते महासंघका महासचिव दावा गुरुङ तथा विशेष अतिथिहरुले पनि आफ्नो मन्तव्य दिने क्रममा बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनको परिकल्पनामा यस्तो राष्ट्रिय स्तरको प्रतियोगिता स्वयम् राष्ट्रले आयोजना गर्दा पनि यस्तो खाले नहुने भन्दै प्रसंसा गरेका थिए । विशेष अतिथिहरुमा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, महासमिति सदस्य मथुराप्रसाद घिमिरे, क्षेत्रीय सभापतिहरु सुन्दरमान थिङ, महेश खड्कालगायत रहनुभएको थियो । 
समापन कार्यक्रमको स्वागत मन्तव्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा साफ गेमका दोहोरो पथकधारी दिपक श्रेष्ठले राख्नुभएको थियो भने उद्घोष दिपक समिर घिमिरेले गर्नुभएको थियो ।

सम्बन्धित समाचार