काठमाडौँ । जीवन यात्रामा यदि हाम्रो जिवनमा सबैभन्दा नजिक कोही रहिरहने छ भने त्यो पक्का पनि श्रीमतीनै हो । उनले हामीलाई विहान उठ्नेदेखि राती नसुतुञ्जेलसम्मै हाम्रो सेवा गर्ने गर्दछन् । तसर्थ उनीहरुलाई बेलाबेला हामीले हाम्रो शब्दद्धारा फकाइरहनु पर्दछ । यदि यस्तो कार्य सकिएन भने अवश्यनै जीवन खल्लो बन्न पुग्दछ र लोग्नेस्वास्नी बीच खटपट र तनाव सिर्जना हुन पुग्दछ ।
यहाँ तल बुँदागत रुपमा श्रमतीलाई शब्द तथा कार्यले फकाएर सधैँभरि आफ्नो बनाउने केही टिप्सहरुको बारेमा बर्णन गरिएको छ । पक्कै पनि यो तपाईको लागि उपयोगी साबित हुन आउनेछ । कोशिस त गरिहेर्नुहोस् १
– बेला बेला सँगै घुम्न लगिरहने ।
– श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
– आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
– काली, परी, माया, बेबी, मेरी प्यारी,भुन्टी, मेरो महारानी भनेर संबोधन गरिरहने ।
- कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने।
– माइतीको सकेसम्म भरपूर तारीफ गर्ने।
- घर सफा गर्ने, कपड़ा धुने, खाना पकाउने।
-आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गर्ने । विवाहको औठी सधै लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
– श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
– श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
– श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
– अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हाँस्ने र चुलो चौकामा साथ दिने।
– श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
– श्रीमतीले बोलेको जोक्समा हाँस्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।