रौतहटमा खसीको मासु प्रतिकिलो ९५० रुपैयाँभन्दा बढीमा बिक्री गरेमा जरिवाना

18k Shares

काठमाडौँ । रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा खसीको मासुको खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ। स्थानीय मासु व्यवसायी र उद्योग वाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुई थरीको भाउ निर्धारण गरेको हो।आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ।

निर्धारित दरभन्दा बढी भाउमा बिक्री वितरण गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिने उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको बताइएको छ।

सम्बन्धित समाचार