मंगलबार भक्तपुर र हुम्ला जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

17.7k Shares

काठमाडौँ । काठमाडौँ, भक्तपुर र हुम्ला जिल्लामा मंगलबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।काठमाडौँको चन्द्रागिरी नगरपालिका-३ माटिखेल बस्ने निर्मल लामाको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ, सुनको विभिन्न गहना र घडी समेत गरी करिब २१ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । 

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे ढुंगेल गाउँ बस्ने रामकृष्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा नगद २० हजार, हिरा, सुन र चाँदीका विभिन्न गहना, थाली, करुवा, कचौरा समेत गरी करिब ६ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । उता हुम्लाको चंखेली गाउँपालिका-३ देउलीस्थित सोही गाउँपालिका-१ बोहराबाँडा बस्ने नर भण्डारीको मानसरोवर कम्प्युटर एन्ड मोबाइल मर्मत तथा ट्रेनिङ सेन्टरबाट ल्यापटप १ थान, क्यामेरा २ थान, मोबाइल १ थान लगायत अन्य सरसामान र नगद ४५ हजार रुपैयाँ गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार