उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

16.3k Shares
काठमाडौं- हृदयघातका कारण  उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा आज बिहान निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो ।
 
उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।उनका अनुसार न्यायाधीश मरासेनीकी छोरी पोखरामा छन् । उनी त्यहाँबाट काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
सम्बन्धित समाचार