14.8k
Shares
काठमाडौं- नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको निधन भएकाे छ। पाेख्रेलकाे एक सय दुई वर्षका उमेरमा मंगलबार बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हाे।
प्रजातन्त्र सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो।उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्।
गोबर्द्धन शर्माको सर्वस्व हरणपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो।द्रौपदाको चार छोरा छन्। उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिए।