यू-१९ विश्वकप : बुधबार नेपालको पाकिस्तानसँग प्रतिस्पर्धा

18k Shares

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टोलीले भोलि (बुधबार) आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ। खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुनेछ।

पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ५४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ। समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।

दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणको यू-१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन्। यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन्।

सम्बन्धित समाचार