ललितपुरको बाडेगाउँमा नगद र गहना चोरी

15.9k Shares

काठमाडौँ ।  ललितपुरको गोदावरी नगरपालिका-१४ बाडेगाउँमा आइतबार साँझ चोरी भएको छ । हाडेगाउँ बस्ने बेखराज महर्जनको घरबाट नगद ३० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ९ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार