शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ सय ५ जनाले गरे मिर्गौला र कलेजो प्रत्यारोपण

14.3k Shares

काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ सय ५ जनाले मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छन् । केन्द्रका अनुसार एक हजार एक सय जनाले ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेका हुन् ।  विगत २०६९/०७० देखि हालसम्म एक हजार एक सय ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । २०६९/०७० सालमा १३ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।

यस्तै, २०७०/०७१ सालमा २७ जना, २०७१/०७२ सालमा ४१ जना, २०७/०७३ सालमा १ सय १ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।यस्तै, २०७३/०७४ मा १ सय ३२ जना, २०७४/०७५ मा १ सय ५३ , २०७५/०७६ मा १ सय ७९ जनाले मिर्गौला प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ४५ जना, २०७८/०७९ मा १ सय ६० जना, २०७९/०८० मा १ सय ८६ जना र २०८०/८१ मा १ सय १ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । 

केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७३/७४ मा मात्रै कलेजो प्रत्यारोपण गरिएको देखिन्छ । सो वर्षमा २ जनाले कलेजो प्रत्यारोपण गरेका छन् । २०७४/०७५ देखि २०७७/०७८ मा चार वर्षमा एक/एक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा ३ जना, आर्थिक वर्ष २०७९/८० मा २ जना र चालु आर्थिक वर्षमा ७ जनाले कलेजो प्रत्यारोपण गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

 
सम्बन्धित समाचार