ट्राफिक व्यवस्थापन अस्तब्यस्त : ट्राफिक प्रहरीले महिनावारी माग्ने गरेको व्यवसायीको गुनासो

17.3k Shares

सर्लाही । सर्लाहीका मुख्य चौक पूर्व–पश्चिम राजमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको छ ।  सर्लाहीको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही उदासिन देखिएको छ । ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरिले कन्जुस्याई गरेपछि यतिवेला सर्लाहीका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हूँदै गएका छन् । सर्लाहीको राजमार्ग क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू जंगल क्षेत्रका राजमार्गमा देखिन थालेपछि सर्लाहीका मुख्य चोक पूर्व–पश्चिम राजमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको छ ।  अत्यधिक सवारी साधन चल्ने पूर्व–पश्चिम राजमार्ग स्थित शहरी क्षेत्रमा खटिनको साटो एकान्त स्थल र जङ्गल क्षेत्रमा चेकिङ्गको बहानामा दैनिक जसो ट्राफिक प्रहरी रहने गरेका छन् ।

एउटै जिल्लाको राजमार्गका दुई÷तीन स्थानमा बसेर ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र रहे÷नरहेको मात्र हेर्ने गरेका छन् । उनीहरुले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको ट्रक चालक प्रसान्त खनाल बताउँछन् । सवारी चेकिङ्ग गर्ने क्रममा ट्राफिक प्रहरीकै कारण राजमार्गमा जाम हुने गरेको छ । सवारी साधन चेकिङ्ग गर्दा ट्राफिक प्रहरीले यान्त्रिक अवस्था हेर्दैनन् । केबल मालबाहक र पशु लोड गरेको सबारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको गुनासो सवारी चालक बताउँछन् । कमजोर ट्राफिक व्यबस्थापनको कारण सर्लाही जिल्लाको फूलजोर, बयलवास, रानिगंज, लालबन्दी, नबलपूर, हरिवन, नयाँरोड, बागमति, बरहथवा, हरिपूर र सदरमूकाम मलङ्गवालगायतको शहरी क्षेत्रमा जथाभाबी पार्किङ्गले सौन्दर्यतानै बिगारेको छ । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमूख मदन थापा उदासिन बन्दा सर्वसाधरणले सास्ती भोग्नु परेको यातायात ब्यबसाईहरुनै बताउँछन् । सवारी साधनको जथाभाबी पार्किङ्ग, दोहोरो पार्किङ्ग, फुटपाथ मिचिनुले पैदल यात्रीलाई सास्ती खेप्नु परेको छ ।

 राजमार्गका बस्तीमा हुने ट्राफिक अस्तब्यस्तलाई नियन्त्रण गर्नुको साट्टो ट्राफिक प्रहरीले जङ्गलमा ढुकेर चेकजाँचको नाममा सवारी साधनका चालकलाई दुःख दिने मात्र हैन, सवारी चालकसँग अवैध रकम समेत लिने गरेको गुनासो बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमूख मदन थापा कमाउ धन्दामा लाग्दा सक्षम ट्राफिक प्रहरी उनकै ठाउमा बस्न बाध्य छन् । ट्राफिक प्रहरी प्रमूख थापा बढी कमिसन दिनेलाई राम्रो पोस्टमा पठाउछन् । ट्राफिक प्रहरीको चेकजाँच सडक दुर्घटना न्यूनीकरण कायम गर्न नभई नियमविपरीत चलेका सवारी साधनसँग अवैध रकम असुलीको लागि ट्राफिक प्रहरी चेकिङ्ग भएको सवारी चालक बताउछन् । जंगल क्षेत्रमा चेकिङ्गमा बसेका ट्राफिक प्रहरीसँग नत मापसे चेक गर्न ब्रेथलाईजर नै छ नत गति मापन गर्न राडर मेसिन राख्ने गरेका छन् । ट्राफिक प्रहरी चेकिङ्ग सधै फाइन काट्ने मात्र भएको छ । सर्लाहीमा फाइन पनि ट्राफिक नियम बिपरितका सवारीसँग होइन ट्राफिक प्रहरीलाई कमीसन नबूझाउने सवारी साधनसँग अवैध रकम काटेर महिना बारीमा ल्याउनको लागी मरिहत्ते गर्छन् ।

ट्राफिक प्रहरीले अटो मयूर म्याजिक मालबाहाक सवारी साधनसँग महिनावारी लिने गरेको चालकहरु बताउँछन । चालक भन्छन्, ‘दुर्घटना न्यूनिकरण गर्नुभन्दा पनि रकम असुल गर्नु नै ट्राफिक प्रहरीको प्राथमिकतामा पर्ने गरेको छ ।’ भैसी माछा मल पराल भूस बोकेका सवारी साधन फाइन काट्न आउँदा चेकिङ्गमा बसेका ट्राफिक प्रहरी सायक हबल्दार हिरालाल दास सय र पचास माग्ने गरेको गूनासो ट्राफिक प्रहरी प्रमूखलाई पटक—पटक आउँदा समेत सर्लाही ट्राफीक मौन बस्नु उनै सहायक हबल्दार दासको इसारामा सर्लाही ट्राफिक प्रमूख चल्नूले नै ट्राफिक प्रहरीको असूली फस्टायको बुझिन्छ । पछिल्लो समयमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनिरहेका सर्लाहीमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिने गरेको बढिरहेको छ । सर्लाहीको विभिन्न ट्राफिक पोस्टहरुले सय पचास रकम असूल्ने लिने गरेका छन् । सर्लाहीका ट्राफिक प्रहरी निरिक्षक मदन थापाले प्रत्येक ट्राफिक पोस्टबाट मासिक रुपमा रकम बूझाउनै पर्छ ट्राफिक प्रहरी स्रोतको दाबी छ । सर्लाही जिल्लामा ११ ओटा ट्राफिक पोस्ट छन् । यता, यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक मदन थापालाई सोध्दा उनी भन्छन्, ‘हामीलाई माथिबाट दूर्घटना घटाउन र राजस्व बढाउन भनेकाले हामिले चेक जाचलाई बढाएका हौँ । कसैलाई दुःख दिएका छैनौँ’ थापा भन्छन् । अर्कोतर्फ नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन । जसका कारण सर्लाहीको ट्राफिक व्यवस्थापन हिजोभन्दा आज दिन प्रतिदिन अस्तव्यस्त बनिरहेको छ । ट्राफिक कार्यालयमा नयाँ ट्राफिक प्रहरी प्रमूख आएसगैं ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा राखेको सर्लाहीबासीले नयाँ ट्राफिक प्रहरी प्रमूख थापा सर्लाही आयदेखि नै भद्रगोल ट्राफिक व्यवस्थापनका कारण सास्ती भोग्नु परेको स्थानियहरु बताउछन् । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख मदन थापालाई यहाँको ट्राफिक व्यवस्थापनमा कुनै चासो छैन् । उनी सर्लाहीमा आएदेखि नै मोटो रकम असुलीमा व्यस्त रहँदै आएको ट्राफिक प्रहरीहरुनै बताउँछन् ।

सम्बन्धित समाचार