इम्बोस्ड नम्बर प्लेट : सहमति २५ लाखको तर ४ लाख मात्र छपाइ

17.2k Shares

काठमाडौँ । सवारीको डिजिटल नम्बर प्लेट (इम्बोस्ड नम्बर) छपाइमा सरकारले हालसम्म लक्ष्यको १६ प्रतिशत मात्र सफलता हासिल गरेको छ । पहिलो चरणमा सरकारले २५ लाख इम्बोस्ड नम्बर छपाइ तथा वितरण गर्ने लक्ष्य राखेको थियो ।

तर, मंसिर ११ गतेसम्म जम्मा ४ लाख १२ हजार सवारी साधनमा मात्र इम्बोस्ड  नम्बर प्लेट जडान गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्ववप्रसाद रिजालले जानकारी दिए ।इम्बोस्ड  प्लेटमा रहने भाषा, छपाई ठेक्का तथा विविध प्राविधिक तथा बेबहारिक पक्षहरुले गर्दा इम्बोस्ड नम्बर वितरण तथा कार्यान्वयनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे ।

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा आइतबार सिंहदरबारमा संघीय मन्त्रालय तथा प्रादेशिक यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुबीच उच्चस्तरीय समन्वय बैठक बसेको छ । यसै बैठकमा यातायात क्षेत्रको सुधार एवम् नीतिगत सुधारमा केन्द्रित रहेर छलफल जारी रहेको छ ।

सम्बन्धित समाचार