सूर्य बहुउद्देश्यीय सहकारीको २४ औं साधारण सभा सम्पन्न

21.4k Shares

काठमाडौं । सूर्य बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २४ औं साधारण सभा सम्पन्न गरेको छ ।
सो सहकारीले गत शनिबार पुस २८ गते पुतलीसडकस्थित आफ्नै भवनमा २४ औं साधारण सभा सम्पन्न गरेको हो । 

surya 1.jpg
देशमा भइरहेको आर्थिक मन्दीका कारण कतिपय सहकारीहरु धमाधम बन्द हुँदै गएको र कतिपयले निक्षेपकर्ताको रकम दिन नसकि संचालकहरु भागिरहेको अवस्थामा सूर्य बहुउद्देश्यीय सहकारी संस्था लि.ले भने आफ्नो निक्षेपकर्ताहरुको मन जित्दै नियमित आर्थिक कारोबार गर्न सफल बन्दै आइरहेको सो सहकारीका अध्यक्ष सुशिल साहीले जानकारी गराउनुभएको थियो । २४ औं साधारणसभा सम्पन्न गर्ने अवस्थासम्म पुग्नु भनेको कर्मचारी, निक्षेपकर्ता, ऋणीहरुको सहयोग र भरोसाले नै यहाँसम्म आइपुगेको पनि अध्यक्ष साहीले सो साधारण सभामा जानकारी गराउनुभएको थियो ।

surya 2.jpg
सो साधारण सभाको प्रमुख अतिथि वडा अध्यक्ष भाइराम खड्गीलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार