अबैध असुलीको लागी धनुषाको यदुकोहामा सशस्त्र प्रहरीको घुमुवा परिचालन

19.6k Shares

धनुषा । धनुषाको सशस्त्र प्रहरी बल नेपाल यदुकोहा बेसबाट अबैध असुलीको लागी यदुकोहा बेस प्रमुख इस्पेक्टर मोनिश कटुवालले घुमूवा परिचालन गरेका छन् । पटक—पटक समाचारको पात्र बनेका बदनाम घुमुवा सहायक हब्लदार कासिन्द्र यादवले ब्यापारीसँग महिनाको दुई लाख भन्दा बढ़ी पैसा असुली  गÞरी इंस्पेक्टर कटुवाललाई बुझाउने गरेका छन् । धनुषाका नामुद तस्कर भनेर चिनिने सुरेश साह, राजीव महासेठ, छोटे एहसान जस्ता तस्करहरूलाई दिन्हू करोडौको समान भारतबाट नेपाल भित्र्याउन यदुकोहाको घुमूवा सहायक हव्लदार काशिन्द्र यादवले सहयोग गर्दै आई राखेको छन् । घुमुवा काशिन्द्र यादवलाई तस्करीको समान स्कर्टिङ्ग गरेको प्रधान कार्यालयका अनुगमन टोलीले भेटाएपछि घुमुवा काशिन्द्र यादवलाई  कार्यबाही त परै जावोस् बेस भित्र पनि राख्न सकेको छैन । यदुकोहाबाट नै सुरेश साहको कपड़ाको पिकअप सबैला, गोदार, महेन्द्रनगर, धारापानी तथा सिरहाको मिर्चिया गोलबजार सम्म जाने गरेको छ । सुरेश साहको सामानको स्कर्टिंग गरे बापत घुमूवा कासीन्द्रले छुटै नजराना पाउने गरेका छन् ।

सम्बन्धित समाचार