हेटौँडाबाट एक जना किशोर गाँजासहित पक्राउ

14.2k Shares

काठमाडौँ ।  हेटौँडाबाट एक जना किशोर गाँजासहित पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार