17.1k
Shares
काठमाडौं, जेठ ४ । गएको २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२० हजार ९७९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९६ जनाको निधन भएको छ। यो सँगै मृतकको संख्या ५ हजार ४११ पुगेको छ ।
यस्तै, ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म ३ लाख ५२ हजार ४१४ जना डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म ४ लाख ७२ हजार ३५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।