16.9k
Shares
काठमाडौं– बझाङ केन्द्र भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेटमा बझाङको पातलचौर केन्द्र भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको बताइएको छ।
यसअघि गत पुस १५ गते पनि बझाङ नै केन्द्र भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको थियो।