पञ्चेश्वर जलविद्युत परियोजनाको ‘ब्रेक थ्रु’ केहीदिनमै हुन्छः प्रधानमन्त्री

16.1k Shares

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गरेका छन्। बुधवार सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता लागू भएको बताए।

उनले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताए। उनले भने,‘मेरो भारत भ्रमण र अहिले भारतीय विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउने आधार त तय गरेको नै छ। एउटा त १० हजार मेगावाटको यही लागू भयो। अर्को पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ। डिपिआर फाइनल गर्ने कुरा हामी सबैलाई थाहा छ। त्यो दुवै देशको राष्ट्रहीतमा छ। त्यसलाई अन्तिममा मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अघि बढ्दैछ।

मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ। त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ।’प्रधानमन्त्री दाहालले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने दाबी गरे।

सम्बन्धित समाचार