15k
Shares
काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ ।
निर्वाचन आयोगको तालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो।
मनोनयन दर्ता गरेका दुई जना उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।