संघीय संसद्अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै

14.7k Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ ।

अर्थसमितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा १६औँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । 

गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा जिल्लाहरूमा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० लाई समितिसमक्ष पेस गरिने पनि बताइएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

सम्बन्धित समाचार