18.2k
Shares
काठमाडौँ – सर्लाहीको बरहथवामा एक जनाको मृत्यु हुने गरी भएको घटना छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ।गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो। समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन्। समितिलाई अनुसन्धान प्रतिवेदन सात दिनभित्र बुझाउन भनिएको छ।
यस्तै, सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको थियो। घटनापछि सर्लाही प्रशासनले उक्त क्षेत्रमा कर्फ्यूसमेत लगाएको छ।
