कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट जुट्ला त सहमति ?

21.1k Shares

काठमाडौं, २६ भदौ सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ अहिले बिहान बजेदेखि सुरु हुने भनिएको बैठकमा सिट बाँडफाँटमा सहमति टुङ्ग्याउने गठबन्धनमा आवद्व शिर्षनेताहरुको तयारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकलाई निर्णायक रुपमा हेरिएको यसअघि शनिबार बसेको बैठकपछि सहमतीलाई अन्तिमरुप दिन मात्रै बाँकि रहेको नेताहरुले बताएका थिए शनिबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको बताइएको थियो

पाँच दलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाईसकेको कार्यदलले सिट संख्या शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो कार्यदलले मोटामोटी रुपमा सहमति कायम गरेपनि नमिलेका ठाउँमा शीर्ष नेताहरूले मिलाउने तयारी अनुसार प्रतिवेदन बुझाइसकेको

निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएको गठबन्धनले केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ राष्ट्रिय जनमोर्चालाई सिट दिनेगरी प्रारम्भिक खाका तयार गरिएको थियो सो खाकामा नेकपा एकीकृत समाजवादी जसपाको असमति रहँदै आइरहेको

सम्बन्धित समाचार