बालुवा लोड भएको टिपरबाट साढे ९ क्विन्टल गाँजा बरामद

14.4k Shares

काठमाडौँ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।शुक्रबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका ७ कल्याणपुर चोकस्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा ९ क्विन्टल ५० केजी गाँजा लोड भएको टिपर चालकसहित नियन्त्रणमा लिएको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले सवारी साधन तथा शंकित व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिततर्फ जाँदै गरेको को १ ख ५८३१ नम्बरको टिपर गाडीलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको हो।प्रवक्ता न्यौपानेका अनुसार बालुवा लोड भएको उक्त टिपर गाडीमा बालुवा पन्छाई हटाई भुइँमा झारी हेर्दा २८ बोरामा रहेको गाँजा फेला परेको हो।

प्रहरीले गाँजासहित टिपर र पिटर चालक धनकुटाको धनकुटा नगरपालिका ४ बस्ने ३२ वर्षीय विशेष राईलाई पक्राउ गरी थप अनुसन्धान थालेको हो।

सम्बन्धित समाचार