काठमाडौँ । सर्लाहीको बरहथवामा झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार दिउँसोबाट तनावग्रस्त बनेको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
उनले मृत्युको कारण अहिले खुल्न नसकेको बताए। उनले भने, ‘त्यहाँ गोली चलेकै हो, एकजनाको मृत्यु भएको खबर पनि आएको छ तर गोली लागेर नै मृत्यु भएको हो अथवा होइन त्यसको पुष्टि हुन सकेको छैन।’प्रजिअ धमलाका अनुसार शव स्थानीयको नियन्त्रणमा रहेकाले त्यस सम्बन्धमा थप पुष्टि हुन सकेको छैन। उनका अनुसार अवस्था अहिले पनि तनावग्रस्त रहेको छ।
बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारका हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयको विवादले बरहथवा बजार तनावग्रस्त बनेको हो।