जापानमा गएकाे शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो

18k Shares

टोकियो– मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु  हुनेको संख्या ७८ पुगेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको बताइएको छ।

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पुर्‍याएको छ। 

सम्बन्धित समाचार