14.8k
Shares
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशकी बलर अप्सरी बेगमले ह्याट्रिक विकेट लिएकी छन् । उनी खेलको २०औँ ओभरको बलिङ गर्न आएकी थिइन् । अप्सरीले २० औँ ओभरको पहिलो बलमा एपीएफ क्लबकी अनुभवी ब्याट्र इन्दू बर्मालाई पेभेलियन फर्काइन् । उनले इन्दूलाई नमिता श्रेष्ठद्वारा क्याच गराएकी थिइन् । क्रिजमा जमिसकेकी इन्दू ५३ रन बनाउँदै आउट भएकी हुन् ।
त्यसपछि अप्सरीले २० औँ ओभरको दोस्रो बलमा एपीएफकी अर्की अनुभवी खेलाडी नेरी थापाको विकेट लिइन् । उनले नेरीलाई खाता खोल्नुअघि नै विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । अप्सरीले २०औँ ओभरको तेस्रो बलमा सोनु खड्कालाई आउट गराइन् ।