काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईं आमा बन्ने भएकी छिन । यो खबर उनका पति तथा निर्देशक दिवाकर भट्टराई स्वयंले आफू बुबा बन्न लागेको खबर बाहिर ल्याएका छन् । अंग्रेजी नयाँ वर्षको शुभकामना दिंदै दिवाकरले सन्तान प्राप्त गर्न लागेको उल्लेख गरेका छन् । साथै, दीपिकाले पनि आफूहरु अभिभावक बन्न लागेको र सन्तान आउँदै गरेको उल्लेख गरेकी छन् ।
दीपिकाको प्रेगनेन्सी फोटो पनि सार्वजनिक गरिएको छ ।
दिवाकर लेख्छन्, ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया १ तिमी आमा बन्दै छौं अनि म बाबा । अनि म कति खुसी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभूति भन्नलाई यो शब्द अरु अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया । जीवनभर तिमीसँगै यसैगरी हिंड्न पाइराखौं यही एउटा चाहना छ । ह्याप्पी न्यु इयर ।’दिवाकर र दीपिकाले चार वर्षअघि विवाह गरेका थिए ।