आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध

18.4k Shares

लाहौर– पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न  नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले शनिबार सो कुराको जानकारी दिएको हो । अधिकारीहरूका अनुसार इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ । जसका लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

सम्बन्धित समाचार