आज 'तमु ल्होसार' विभिन्न कार्यक्रम गरी मनाइँदै

20.1k Shares

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ। 

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास छ। 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।

तमु ल्होसारको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। 

सम्बन्धित समाचार